बिएल संवाददाता
एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङले आफ्नो दाबी नछोडेपछि उपाध्यक्ष रामबहादुर थापालाई सर्वसम्मत नेता बनाउने संस्थापनको प्रयास असफल भएको छ।
दलको नेता चुन्न बसेको एमाले पार्टीको बैठक च्यासलमा जारी रहँदा नेम्वाङ आफ्नो अडानबाट पछि नहटेका हुन्। अध्यक्ष केपी ओली पक्षले उपाध्यक्ष रामबहादुर थापा बादलको नाममा सर्वसहमतीको प्रयास गरेका। तर, नेम्वाङ टीके प्रथाको अन्त्य हुनुपर्ने भन्दै अडानबाट ब्याक भएनन्।
च्यासल स्रोतका अनुसार नेम्वाङले पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको तर, जेनजीको म्यान्डेट, युवा पुस्ताको उर्जा र नेतृत्वको आवश्यकताबारे अवगत गराएका थिए।
उनले दलको नेता टीका लगाएर दिने परम्परा अन्त्य गर्नुपर्ने उल्लेख गर्दै निर्वाचन प्रक्रियाबाट दलको नेता छान्नुपर्ने अडान लिएका छन्। चुनावी प्रक्रियामा आफू पराजित भए स्वीकार्न तयार रहेको उनले बताएका छन्।
‘अब टीका लगाएर जिम्मेवारी दिने परम्परा तोड्नैपर्छ। यस्तै कारणले हामी आज यो हालतमा आइपुगेका छौं। अब पनि नसुध्रिए पार्टीको अस्तित्व नै संकटमा नपर्ला भन्न सकिन्न,‘ सुहाङको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।
यसअघि सांसद पदको शपथ ग्रहण समारोहमा सिंहदरबार पुगेका बेला सुहाङले ‘पार्टीले आफूलाई अगाडि बढाए आफू खुट्टा नकमाउने’ स्पष्ट पारेका थिए।
एमाले स्रोतका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत अधिकांश पदाधिकारी र सांसद सुहाङको पक्षमा खुलेका छन्। यता अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल भने समानुपातिक सांसद बनेका पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई वरिष्ठताको आधारमा दलको नेता चयन गर्नुपर्ने अडानमा छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया