बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन्।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिरेकाे बताए।
अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुले अपशब्द प्रयोग गरेको समेत बताए।
‘भिडन्त भएन, कांग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला’, उनले भने।
बिहीबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओलीसमेत उठेर कांग्रेस सांसदहरुको विरोध गरेका थिए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया