बिएल संवाददाता
प्रहरी हिरासतमा रहेका तत्कालिन प्रधानमन्त्री केपी ओलीले सेनाबाट सहयोग नपाएपछि बाध्य भएर राजीनामा दिनुपरेको बताएका छन्।
जेनजी आन्दोलनबाट अपदस्थ भएका ओलीले अदालतमा दिएको बयानमा सेनाले सहयोग नगरेपछि राजीनामा दिएको उल्लेख गरेका हुन्।
ओलीलाई जेनजी आन्दोलनमा गैरकानुनी दमनबाट युवाहरूको ज्यान लिएको कसुरमा ज्यानसम्बन्धी मुद्धामा प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ।
यस्तो छ केपी ओलीले अदालतमा दिएको बयानः
१. मेरो कुनै दोष छैन, किनकि प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने हुँदैन।
२. आपतकालीन अवस्थामा सेनासँग सहयोग माग्दा पनि अपेक्षित समन्वय हुन सकेन, बरु राजीनामा दिनुपर्ने अवस्था आयो।
३. भीडमा मानिसको मृत्यु भएको सुन्दा म आफैं अचम्मित भएँ ।किन र कसरी यस्तो भयो भन्ने गम्भीर प्रश्न उठेको छ।
४. शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र किन यस्तो द्वन्द्व सिर्जना भयो भन्नेबारे छानबिन हुनुपर्छ। घटनाप्रति दुःख व्यक्त गर्छु, तर दोषी उम्किनु हुँदैन।
५. घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबै राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म माथि निष्पक्ष कारबाही हुनुपर्छ।
६. राष्ट्रको हितमा बोलेँ र काम गरेँ, तर त्यसै कारण विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया