बिएल संवाददाता
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत भएको हिंसाबारे सदनमा एमालेले ध्यानाकर्षण गराएको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेकी सांसद विष्णुमाया विकले नारा–जुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी हुन्।
त्यस्तै उनले महिला हिंसाको विषयमा पार्टी नहेरी सबै महिला सांसदहरू एक ढिक्का भएर आवाज उठाउनैपर्ने पनि धारणा राखिन्।
उनले भनिन्, ‘अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले गरेको प्रदर्शनमा अमिशाले नाराजुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला गरिएको छ। हामीले महिला हक अधिकारको लागि लामो समयदेखि लड्दै आएको छौं। महिला माननीयज्यूहरूलाई आग्रह गर्छु–महिला हिंसाको विषयमा पार्टी नहेरेर एक ढिक्का भएर आवाज उठाऔं।’
त्यस्तै उनले सामाजिक सञ्जालले प्रधानमन्त्री र मन्त्री कसलाई बनाउने भन्ने समेत निर्धारण गरिरहेको बताउँदै सामाजिक सञ्जाललाई तुरुन्त नियमन गर्न माग गरिन्।
साथै अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तुरुन्त रिहाई गरी अनुसन्धान गर्न पनि उनले आग्रह गरिन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया