बिएल संवाददाता
नेपाली चलचित्रका वरिष्ठ निर्देशक तुलसी घिमिरेलाई नेपाल सरकारले ‘मानार्थ नेपाली नागरिकता’ प्रदान गर्ने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै घिमिरेलाई मानार्थ नागरिकता उपलब्ध गराउन प्रक्रिया औपचारिक रूपमा अघि बढाउन अनुरोध गरेको हो।
नेपाली भाषा, कला र संस्कृतिको उत्थान तथा विकासमा निर्देशक घिमिरेले पुऱ्याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान दिन लागिएको हो। भारतको कालिम्पोङमा जन्मिएका घिमिरे भारतीय नागरिक हुन्।
चलचित्र विकास बोर्डको सिफारिस र नेपाल सरकार (सचिवस्तर)को मिति ०६८ असार २४ को निर्णयानुसार नेपाली भाषा, कला र संस्कृतिको उत्थान तथा विकासमा निर्देशक घिमिरेले पुऱ्याएको विशिष्ट योगदानको कदर गर्दै मानार्थ नागरिकता दिने प्रक्रिया अघि बढाइएको हो।
सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई लेखेको पत्रमा घिमिरेको व्यक्तिगत विवरण, कदर पत्र, सम्मान पत्र र मन्त्रालयको निर्णयको प्रतिलिपिसहित कागजात संलग्न छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया