बिएल संवाददाता
इजरायलले लेबनानमाथि भीषण आक्रमण गरेको छ। कम्तीमा पनि २५४ जना मानिस मारिएको पुष्टी भएको छ र यो आक्रमणलाई इजरायलले अहिलेसम्मकै ठूलो आक्रमण भनेको छ। इजरायलयको सशस्त्र समूह हिज्बुल्लाहसँग युद्ध लडिरहेको इजरायलले हालसम्मकै भीषण आक्रमण गरेको हो। त्यसमा १ हजारभन्दा धेरै मानिस घाइते भएका छन्।
इजरायलले यो घातक आक्रमण गर्नुअघि अमेरिका र इरानबीच दुई साताको युद्धबिराम सम्झौता भएको थियो। अमेरिकासँग मिलेर एक महिनाअघि इरानमा आक्रमण गरेको इजरायलले उक्त सम्झौताको स्वागत गर्दै लेबनानमा भने आक्रमण नरोक्ने घोषणा गरेको थियो। लगत्तै उसले त्यहाँ आक्रमण गरेको हो।
इजरायली सेनाले १० मिनेटभित्रै बेरुत, बेका भ्याली र दक्षिणी लेबनानका सयौ सैन्य संरचनाहरूमाथि आक्रमण गरेको जनाएको छ। हिज्बुल्लाह समूहले यसलाई युद्धबिरामको उल्लंघन भन्दै अमेरिकी र इजरेलली आक्रमण बन्द नभएसम्म जवाफी कारबाही नरोकिने बताएको छ। यसबीचमा उसले पनि उत्तरी इजरायलको मनारा क्षेत्रमा आक्रमण गरेको जनाएको छ। तर त्यसको क्षति विवरणहरू सार्वजनिक भएका छैनन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया