बिएल संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन रास्वपाकाे केन्द्रीय अनुशासन आयोगले प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेकाे छ।
१३ चैतमा मन्त्री नियुक्त महोत्तरी–२ बाट निर्वाचित उनी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य नियुक्त गरेपछि विवादमा तानिएका हुन्।
आयोगकाे आग्रहपछि प्रधानमन्त्री शाहले श्रममन्त्री हटाउने तयारी थालिसकेका छन्। सभापति रवि लामिछानेनिकट स्रोतका अनुसार दीपककुमार साहका गतिविधि मन्त्रालयको स्वार्थसँग बाझिने खालको रहेको पाइएको छ।
‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपककुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समय देखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारवाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदछु। यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ,’ सभापति लामिछानेले भनेका छन्।
केही वर्षअघि पनि उनी रकम लेनदेन विवादमा प्रहरी हिरासतमा पुगेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया