बिएल संवाददाता
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक भएको सम्पत्ति विरणमा गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ। उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ।
त्यस्तै गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ। उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ।
त्यस्तै गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ।
गृहमन्त्री गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ बराबर लगानी देखिएको छ।
जसमा होप होल्डिङ्स प्रालिमा ३० लाख रुपैयाँ बराबरको ३० हजार थान साधारण शेयर, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५७ लाख मूल्यको ५ हजार ७ सय थान साधारण सेयर, ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ मा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबर र एड्भेन्चर भिल्ला प्रालिमा ७० लाख मूल्य बराबरको ७० हजार थान शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
सेयर कारोबारको स्रोतमा उनले व्यवसायीक र पैत्रिक सम्पत्ति स्रोत देखाएका छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया