बिएल संवाददाता
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक भएको सम्पत्ति विरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूसँग चारवटा घर तथा अपार्टमेन्ट रहेको उल्लेख गरेका छन्।
सार्वजनिक सम्पत्ति विवरण अनुसार वाग्लेसँग ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट, तनहुँमा २ करोडको घर रहेको उल्लेख छ।
घर प्राप्तिको स्रोतमा उनले अन्तर्राष्ट्रिय रोजगारी, घर विक्री, व्यक्तिगत सापटी र बैंकबाट ऋण लिएको उल्लेख गरेका छन्।
अर्थमन्त्री वाग्लेले आफूसँग ४५ तोला सुन रहेको उल्लेख गरेका छन्।
त्यस्तै अर्थमन्त्री वाग्लेले आफूसँग बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ र धितोपत्र बजारमा विभिन्न पाँच कम्पनीमा चार करोड माथिको सेयर रहेको उल्लेख गरेका छन्।
जसमा सानिमा मिडल तमोर हाइड्रो, सांग्रिला विकास बैंक, नेशनल फण्ड म्यानेटमेन्ट लिमिटेड, ठूलो खोला, अपर मादी खोला हाइड्रोमा उनको लगानी छ।
सानिमा मिडल तमोरमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिलाको प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन्। नेशनल फन्डमा ९० लाख रुपैयाँ, ठूलो खोलामा ६० लाख, अपर मादीमा ३ करोड रुपैयाँ लगानी रहेको पनि उल्लेख गरेका छन्।
उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८, स्ट्याडर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमइबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया