बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश जारी गरेका छन्।
मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्न सबै पक्षलाई आह्वान गरेका हुन्।
पूर्वराजा शाहले देशमा विद्यमान असन्तुष्टि र मागहरूलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
‘जनचाहनालाई मनन गर्दै संवैधानिक समाधान खोज्न अब विलम्ब गर्नु हुँदैन’, उनले भनेका छन्,‘परस्परको राग, द्वेष र प्रतिशोधले राष्ट्रलाई हित गर्दैन।’
विगतका वर्षहरूमा भएका राजनीतिक र शासकीय फेरबदलप्रति टिप्पणी गर्दै उनले नेपाल केवल ‘प्रयोगशाला’ मात्र बनेको बताएका छन्।
विधि र व्यक्ति बदलिँदैमा समग्र स्थिति नसुध्रिएको उनको निष्कर्ष छ। उनले थपे, ‘हामी दलदलको खलबलमा धेरै दौडियौँ, तर राष्ट्रको श्रीवृद्धिमा निकै पछाडि पर्यौँ ।’
निराशाका बीच पूर्वराजाले एउटा सकारात्मक पक्षलाई भने उत्साहका साथ स्वागत गरेका छन्। राजनीति र राज्य सञ्चालनमा पढेलेखेका, प्रविधि बुझेका र आधुनिक सोच भएका युवाहरूको बढ्दो आकर्षणले राष्ट्रलाई फलदायी बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
नयाँ वर्षको शुभकामना दिँदै उनले अबको बाटो द्वन्द्व नभई एकता र साझा संकल्पको हुनुपर्ने सन्देश दिएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया