बिएल संवाददाता
सभापति गगन थापाले जरा अभियानमार्फत नेपाली कांग्रेसको ‘ग्रान्ड रिफर्म’ कार्यक्रमको सुरुवात गरेको बताएका छन्।
अभियानको उद्घाटन गर्दै सभापति थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्ति क्रियाशील सदस्यका रूपमा नरहने स्पष्ट पारे।
सदस्यता अद्यावधिकमा असन्तुष्टि जनाउँदै सोमबार पूर्व उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै सदस्यता कसैले खारेज गर्न नसक्ने चेतावनी दिएका थिए।
जवाफमा गगनले सदस्यतासम्बन्धी भ्रम र अफवाह नफैलाउन, कुनै जिज्ञासा भए पार्टीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे।
गगनले भने, ‘कसैले केही कुरा बुझ्नुभएको छैन केन्द्रीय कार्यालय आइदिनुहोला पार्टीको जिम्मेवार साथीहरू जिम्मामा हुनुहुन्छ यो कुरा बुझाइदिनु हुन्छ केन्द्रीय प्रतिनिधिहरू जानुभएको छ तर बाहिर हाम्रो सदस्यता खाइदिन लाग्यो, कसैले खोस्न सक्दैन भनेर अनावश्यक कोलाहल मच्चाइदिने काम नगर्दिन आग्रह गर्न चाहन्छु।’
सभापति थापाले आफू पार्टी रिफर्ममा लागेको बताउँदै सक्नेले आफूलाई सहयोग गर्न भन्दै नसक्नेले डिस्टर्ब नगरिदिन समेत आग्रह गरे।
उनले पार्टीभित्र सदस्यता प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन अद्यावधिक अनिवार्य गरिएको बताए। वैशाख १५ गतेभित्र सबै क्रियाशील सदस्यहरूले आफ्नै वडामा गएर सदस्यता अद्यावधिक गर्नुपर्ने निर्देशन दिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया