बिएल संवाददाता
नेपाली काँग्रेसले समानान्तर गतिविधि बढाउँदै लगेका देउवा पक्षका नेताहरूलाई कारबाहीको तयारी गरेको छ। त्यसका लागि निर्णय गर्न काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। खासगरी देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आफूलाई कार्यबाहक सभापतिका हैसियतमा पार्टीका समानान्तर गतिविधिहरू बढाउँदै लगेका छन्।
काँग्रेसकै लेटरप्याड प्रयोग गरेर उनले आफूलाई पार्टीको आधिकारिक कार्यबाहक सभापतिका रुपमा सक्रिय बनाउँदै आएका छन्।
गत पुष अन्तिम साता भएको नेपाली काँग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाएको थियो। थापाकै नेतृत्वमा चुनावमा गएको नेपाली काँग्रेसले यसपालि नमीठो पराजय पनि भोग्यो। त्यसपछि थापाले राजीनामा दिएका थिए। तर केन्द्रीय समितिको बैठकले उनको राजीनामा अस्वीकृत गरेपछि फेरि थापा सभापतिकै रुपमा सक्रिय भएका छन्। त्यो पराजयका लागि काँग्रेसले मुख्यतया जेनजी आन्दोलनपछिको परिस्थितिलाई पार्टीले सम्हाल्न नसकेको झन्डै दुई तिहाइ नजिक मत परिणाम ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको लहरलाई नजरअन्दाज गरेको र पार्टीभित्रैको अन्तर्घातलाई मुख्य कारणहरू मानेको छ। चुनावमा अन्तर्घात गरेको भन्दै अनुशासन समितिमा सयौ उजुरी र कारबाहीका सिफारिस पुगेका छन्।
थापाले आफैले नयाँ सक्रिय सदस्यताको फाराम भरेर मंगलबारदेखि काँग्रेसको ‘जरा अभियान’को सुरुवात गरेका छन्। खासगरी सक्रिय सदस्यताका शुद्धिकरण र अध्यावधिक गर्ने उद्देश्यले सञ्चालित यो अभियानलाई देउवा पक्षधरहरूले भने पुराना सक्रिय सदस्यता खारेज गर्ने मनशायका रुपमा लिएका छन्।
यो अभियान सुरु गर्दै मंगलबाट सभापति थापाले भनेका थिए ‘म सभापतिको हैसियतले भन्दैछु, मलाई सहयोग गर्नुहोला। सहयोग गर्न नसक्नेले डिस्टर्व नगर्नुहोला। पार्टी कार्यालयबाहिरबाट हुने अनधिकृत गतिविधिको सीमा नाघ्ने हो भने सहने कुरा हुँदैन।’
यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध खड्काले कांग्रेसको लेटरप्याड प्रयोग गरेरै आफूलाई कार्यबाहक सभापतिका रुपमा प्रस्तुत गरेर विज्ञप्ति निकालेर विरोध गरेका थिए। त्यसपछि केन्द्रीय अनुशासन समितिले लेटरहेड दुरुपयोग भए नेपाली कांग्रेसको विधान,२०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको थियो।
अनुशासन समितिको बैठक लगत्तै आजै नेपाली काँग्रेसको केन्द्रीय सम्पादन समिति बैठक पनि बस्दैछ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया