बिएल संवाददाता
सम्पत्ति शुद्धीकरणमा पक्राउ परेलगत्तै झाडाबान्ता लागेको भन्दै अस्पताल भर्ना भएका कांग्रेस नेता दीपक खड्का हिरासतमुक्त भएसँगै डिस्चार्ज भएका छन्।
सरकारले गत चैत १६ गते पूर्वमन्त्रीसमेत रहेका खड्कालाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेको थियो।
पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका खड्कालाई बिहीबार सर्वोच्च अदालतले हिरासतमुक्त गर्न आदेश दिएको थियो। दुई सातासम्म अस्पतालमै डेरा जमाएका खड्का हिरासतमुक्त भएलगत्तै अचानक निको भएपछि शुक्रबार दिउँसो अस्पतालबाट बाहिरिएका छन्।
अस्पताल भर्ना भएको दुई दिनमै अस्पतालले स्वास्थ्यमा सुधार आएको भन्दै डिस्चार्ज गर्न सकिने बताएको थियो। तर, शरीर कमजोर भएको बहाना बनाउँदै खड्का हिरासतमुक्त नहुँदासम्म अस्पतालमै डेरा जमाएर बसेका थिए।
राजनीतिक पहुँच भएका, ठूला व्यापारीहरू, धनाढ्यहरू पक्राउ पर्ने बित्तिकै बिरामी हुने र अस्पतालमा डेरा जमाउने प्रवृत्ति नयाँ भने होइन। पक्राउ नपर्दासम्म ठिकठाक रहेका एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा पक्राउ पर्ने बित्तिकै अनगिन्ती समस्याहरू देखा परे।
लगत्तै अस्पताल भर्ना भएका ओली यतिबेला पित्तथैलीको पत्थरी निकालेर अस्पतालमै आराम गरिरहेका छन्। उनी पनि हिरासतमुक्त भइसकेका छन्।
यी त प्रतिनिधि पात्रहरू मात्रै हुन्। यसरी पक्राउ पर्नेबित्तिकै कानुनी सुविधाको दुरुयोग गर्दै अस्पतालमा डेरा जमाउने भीआईपीहरू अनगिन्ती छन्। उनीहरूलाई प्रहरी प्रशासनबाटै सहयोग हुने गरेको आरोपसमेत लाग्ने गरेको छ। किनभने सर्वसाधारण मानिस पक्राउ परेमा उसलाई हिरासतमा गरिने व्यवहार र बिरामी पर्दा उपचारबाट बञ्चित गरिने गरेका अनेकौं प्रकरणहरू बाहिरिने गरेका छन्।
सर्वसाधारणले अस्पतालको बेड पाउन महिनौं कुर्नुपर्ने देशमा पक्राउ परेपछि बिरामी हुने भीआईपीहरूलाई तत्काल सुविधा सम्पन्न बेडहरू र विशेष उपचार सुविधा उपलब्ध गराइने प्रवृत्तिप्रति जनताहरू आक्रोशित बन्न थालेका छन्।
कानुनका जानकारहरू समेत हिरासत छल्न भीआईपीहरू बिरामी पर्ने र सुविधा सम्पन्न अस्पतालमा डेरा जमाउने प्रवृत्ति कानुनी सुविधाको दुरुपयोग मान्छन्।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया