बिएल संवाददाता
विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारतप्रति रवैया ठिक नरहेको बताएका छन्।
आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रतिको दृष्टिको ठिक नरहेको र हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताए।
उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी नहुनुपर्ने सुझाव दिए। उनले बालेनको आकर्षण हिन्दूत्वप्रति हुनुपर्ने सुझाव दिए। उनले बालेन अहिले युवा रहेको र राजनीतिमा परिपक्व नभएको बताए।
साथै उनले स्व. राजा विरेन्द्रको बेलामा हुने गरेका परम्पराहरू पुनः स्थापित गर्न सके अझ राम्रो हुने धारणा राखे।
धर्मगुरु रामभद्रार्चायले नेपालमा धर्मान्तर हुने गरेको गुनासो गरे। उनले विगतमा धर्मान्तर गराउनेहरुको संख्यामा वृद्धि हुनु दुःखद् रहेको बताए। उनले राजसंस्था फेरि आउनुपर्ने बताए।
उनले नेपाल र भारत मिलेर एउटा महाशक्ति बन्नुपर्ने बताए। उनले नेपाल सरकारले चाहे हिन्दूराष्ट्रय पुनः कायम गर्न कुनै समय नलाग्ने जानकारी दिए।
त्यस्तै, उनले नेपाल समृद्ध होस र कुनै देशमा निर्भर नहोस भन्ने कामना गरेका छन्। उनले खासगरी चीनसँग नेपाल कुनै किसिमले निर्भर नहुनुपर्ने धारणा राखे।
धर्म गुरु रामभद्राचार्य प्रत्येक वर्ष एकपटक जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउने गर्छन। यहाँ आउँदा आफ्नो सम्धीको घर आएको महशुस हुने गरेको उनले बताए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया