बिएल संवाददाता
रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछानेको पद स्वत: निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रुपमा कामकाज गर्न ‘दिन नहुने’ आदेशको माग राखेर अधिवक्ता अधिवक्ता आयुष बडाललगायतले रिट निवेदन दिएका हुन्।
तीन दिनअघि पेस भएको रिट निवेदन सर्वोच्च प्रशासनले अझै दर्ता नगरेको स्रोतले बतायो। रिट निवेदन दर्ता नहुने भए दरपीठ आदेश दिनुपर्ने व्यवस्था भए पनि सर्वोच्चले अहिलेसम्म उक्त रिट निवेदन दरपीठ पनि नगरी रोकेर राखेको हो।
लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधनविरुद्धको मुद्धामा सर्वोच्च अलालतको पूर्ण इजलासमा आगामी बिहीबारका लागि पेसी तोकिएको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया