बिएल संवाददाता
गृहमन्त्रीबाट राजीनामा दिएका रास्वपा नेता सुधन गुरुङ पार्टी सभापति रवि लामिछाने निवास बुढानिलकण्ठ पुगेका छन्।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएर मन्त्रालयबाट बिदाइ भएर निस्केका गुरुङ सोझै सभापति निवास पुगेका हुन्।
सभापतिसँगको भेटवार्तामा आफूबारे तत्काल छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरेको बुढानिलकण्ठ स्रोतले बतायो। स्रोतका अनुसार सुधनले आफू छानबिन समितिबाट ‘क्लीन चिट’ लिएर पुनः मन्त्रालयको नेतृत्वमा फर्किने इच्छा व्यक्त गरेका छन्।
जसका लागि उनले तत्काल छानबिन समिति बनाएर अनुसन्धान थाल्न र नयाँ गृहमन्त्री तत्काल नियुक्त नगर्न आग्रह गरेको बुझिएको छ।
यता सभापति लामिछानेले पार्टीको अनुशासन समितिले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदमुक्त गर्न सिफारिस गरेको पत्र आवश्यक कारबाहीका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको खुलेको छ।
प्रधानमन्त्रीले सुधनसँगको भेटमा आफैं राजीनामा दिन आग्रह गर्दै राजीनामा नदिए आफूले पार्टीको निर्देशन अनुसार बर्खास्त गर्न बाध्य हुने भनेपछि गुरुङले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो।
सभपतिसँगको भेटमा गुरुङले आफूलाई स्पष्टीकरण नै नसोधी कारबाही सिफारिस गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले बतायो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया