बिएल संवाददाता
निर्माण व्यवसायीसमेत रहेका पूर्वमन्त्री एंव राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बिक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
यसअघि सहरी विकासमन्त्रीसमेत रहेका पाण्डे नेपालकै ठूलो मध्येको एक निर्माण कम्पनी कालिका निर्माण प्रालिका सञ्चालकसमेत हुन्।
सार्वजनिक खरिद प्रणालीको अनलाइन ठेक्का प्रणालीसमेत ह्याक गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।
उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्षसमेत हुन्। आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा यसअघि प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको छ।
पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर सहरी विकासमन्त्रीसमेत भएका थिए।
बालुवाटारको प्रधानमन्त्रीको सरकारी निवास नजिकै उनको ‘कालिका टावर’ समेत रहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया