बिएल संवाददाता
नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए।
उनले भने, ‘लोकतान्त्रिक पार्टीको चुनावमा सर्वसम्मति गर्नु पनि एउटा निर्वाचनकै एउटा अंग हो। यसअन्तर्गत पार्टीले ३८ जना सबै योग्य साथिहरूमध्येबाट कसलाई संसदीय दलको नेता बनाउने भन्ने सन्दर्भमा पार्टीको केन्द्रको तर्फबाट सर्वसम्मतको प्रयास बमोजिम पार्टीले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेका छौं।’
यसैगरी कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने कुरा उपयुक्त नहुने जनाएको छ। एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित नभएको कांग्रेसको भनाई छ।
उनले भने, ‘सरकारले प्रस्ताव गरेर संसद्को अधिवेशन बोलाइसकेपछि अकारण फेरि संसद् पुनः स्थापित भएको हामीले समाचार पायौं। एकातिर संसद् बोलाएको संसद् स्थगित गर्ने, अर्कोतर्फ संसद्लाई छलेर अध्यादेशहरू ल्याउन कदम लोकतन्त्रको लागि मर्यादित होइन। त्यो अनुकूलता त्यसले प्रदान गर्दैन, जवाफदेहिता स्थापित गर्दैन।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया