सोमबार, २७ अप्रिल २०२६

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

News Image
• • •

सरकारले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी पौडेललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।

०७९ वैशाख १८ गते नियुक्त भएका वर्तमान महानिरीक्षक राजु अर्याल चारवर्षे कार्यकाल पूरा गरी आगामी वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्।

सशस्त्र प्रहरी सेवा नियमावलीले सेवा प्रवेश गरेको ३० वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरेको भए पनि आईजीपीको ४ वर्षे कार्यकाल हुने व्यवस्था बमोजिम ३० गर्षे सेवाअवधि पूरा हुनुभन्दा २३ महिना अगाडि नै अवकाशमा जान लागेका हुन्।

वर्तमान महानिरीक्षक अर्याल र नवनियुक्त महानिरीक्षक पौडेल एकै मितिमा नेपाल प्रहरीको इन्पेक्टर बनेका थिए। नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्की पनि एकै ब्याचका हुन्। उनीहरू ०५४ सालको चैत १८ गते इन्पेक्टर बनेका थिए।

२०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा अर्याल र पौडेलसहितका नेपाल प्रहरीका अधिकृतहरू सशस्त्रमा समायोजित भएका थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!