बिएल संवाददाता
एमाले सचिव महेश बस्नेतले परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा आफ्नी पत्नीमाथि माइतीघरमा हातपात भएको बताएका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले त्यसक्रममा आफ्नी पत्नीमाथि केही व्यक्तिहरूले हातपातसमेत गरेको तर, प्रहरीले उल्टै आफ्नी श्रीमतीलाई पक्राउ गरेको गुनासो गरेका छन्।
उनले भनेका छन्, ‘साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू, केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका छन्। उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।’
आफ्नो श्रीमतीमाथि भएको कुटपिटको घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरेको भन्दै उनले आपत्ति जनाएका छन्।
माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय भएको उनको भनाइ छ।
बस्नेतले भनेका छन्, ‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन। पीडित आफैंले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत होइन। सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ। अन्यथा, सशक्त प्रतिरोध गरिनेछ।’
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया