मङ्गलबार, २८ अप्रिल २०२६

संसद छलेर राष्ट्रपतिसमक्ष २ अध्यादेश प्रमाणीकरणका लागि सिफारिस

News Image
• • •

सरकारले संसद छलेर दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद्‍सम्बन्धी दुईवटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आएको र राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको छ। अध्यादेशहरू आजै राष्ट्रपति कार्यालय शितलनिवास पुर्‍याइएको थियो।

यसअघि वैशाख १७ गतेका लागि बोलाइएको संसद् अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले स्थगित गरेका थिए। संसद स्थगित गरेर सरकारले अध्यादेश ल्याएको हो।

संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्‌मा ६ जना सदस्य हुने व्यवस्था छ। जसमा  प्रधानमन्त्री, सभामुख,  राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश, विपक्षी दलका नेता रहन्छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!