बिएल संवाददाता
सरकारले पठाएको संवैधानिक परिषद्सहितका अध्यादेश प्रमाणीकरणबारे राय लिन राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूलाई शीतल निवास झिकाएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा यतिबेला ८ जना कानुनविद्हरू राष्ट्रपतिसँग छलफलमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भिमार्जुन आचार्य, विपिन अधिकारी, महादेव यादव, ललित बस्नेत र शेरबहादुर केसीलाई परामर्शका लागि शीतल निवास बोलाएका हुन्।
सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेका राष्ट्रपतिले बाँकी अध्यादेशको कानुनी पाटोबारे संविधानविद्हरूसँग परामर्श लिन लागेका हुन्।
संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी अध्यादेश यतिबेला राष्ट्रपतिले होल्डमा राखेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया