बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले श्रमिकको सम्मान हुने समाज समृद्ध हुने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रमिक दिवस अर्थात् मे १ ले श्रमको मूल्य,मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको बताए।
नेपालको संविधानले न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र काम गराउने वर्गबीचको सन्तुलन लागि निर्देशक सिद्धान्त अपनाएको उल्लेख गरेका छन्।
‘हामीले संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्गबीचको सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौँ’ सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै अध्यक्ष ओलीले भनेका छन् ‘हामीले सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौँ।’
अध्यक्ष ओलीले मानव गरिमाको रक्षा गर्न र श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूले विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन्। आफूले सरकारको नेतृत्व गरेका बेला राज्यको नीति,रोजगारदाता र श्रमिकबीच संवाद,सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको स्मरण गरेका छन्।
‘हाम्रो ध्येय थियो उद्योग चलोस, रोजगारी बढोस,श्रमिक सुरक्षित होउन, नाफाको न्यायोचित वितरण होस र देश समृद्ध बनोस’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्।
संविधानले तय गरेको यो सीमाबाट राज्य आज पनि विचलित हुनु नहुने अध्यक्ष ओलीको भनाइ छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया