बिएल संवाददाता
जेनजी मुभमेन्ट नेपालले सुकुम्वासीहरूको मृत्युको कारण प्रधानमन्त्री बालेन्द्र शाहलाई देखाउँदै तत्काल पक्राउ गर्न माग गरेको छ।
प्रधानमन्त्रीको नेतृत्वमा भइरहेको सुकुम्वासी बस्ती खाली गर्ने अभियानलाई डोजर आतंकको संज्ञा दिँदै जेनजी मुभमेन्ट नेपालले घोर अमानवीय, असंवैधानिक र जनविरोधी कार्यको रूपमा निन्दा गरेको छ।
थापाथली, मनोहरा, सिनामंगल लगायतका सुकुम्बासी बस्तीमा डोजर चलाउँदा दुईजना निर्दोष नागरिकले आत्महत्या गरेका र यो घटना कुनै सामान्य दुर्घटना नभइ प्रधानमन्त्रीको निर्देशनबाट सिर्जित राज्य आतंकको प्रत्यक्ष परिणाम भएको मुभमेन्टका प्रवक्ता विजय शाहले बताए।
‘यो डोजर आतंकले गरिबको छातीमा डोजर चलाउने क्रूरता देखाएको छ। वालेन्द्र शाहले मेयर हुँदा गरेको जस्तै प्रधानमन्त्री भएपछि पनि जनतामाथि बल प्रयोग गर्न खोज्नुभएको छ। हामी युवाहरू यो क्रूरता सहँदैनौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
सुकुम्बासीको रगतले प्रधानमन्त्रीको कुर्सी रङ्गिन नदिने विज्ञप्तिमा भनिएको छ।
जेनजी मुभमेन्ट नेपालले काठमाडौं प्रहरी र अदालतलाई बोधार्थ उल्लेख गर्दै विभिन्न मागहरूसमेत राखेको छ।
यस्ता छन् मागहरू–
१. प्रधानमन्त्री वालेन्द्र शाहलाई आत्महत्या दुरुत्साहन (मुलुकी फौजदारी संहिता बमोजिम) को आरोपमा तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्नु।
२. डोजर अभियान तुरुन्त रोक्नु र प्रभावित सबै सुकुम्बासी परिवारलाई सुरक्षित, सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्नु।
३. मृतक परिवारलाई उचित क्षतिपूर्ति र राहत दिनु।
४. बिना पुनर्वास र मानवीय व्यवस्था कुनै पनि सुकुम्बासी बस्ती नहटाउने नीति घोषणा गर्नु।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया