बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ १४ बुँदे प्रस्तावको समीक्षा गरिरहेको बताएका छन्।
तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै इरानले आफ्ना विगतका कार्यहरूका लागि अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन, ‘मैले इरानले भर्खरै पठाएको योजनाको चाँडै समीक्षा गर्नेछु। तर यो स्वीकार्य होला भनेर म कल्पना गर्न सक्दिनँ, किनकि विगत ४७ वर्षमा मानवता र विश्वका विरुद्ध इरानले जे–जति गरेको छ, त्यसको लागि उसले अझै ठूलो मूल्य चुकाएको छैन।’
फ्लोरिडामा एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले प्रस्तावको अवधारणाबारे सुनेको तर पूर्ण पाठ हेर्न बाँकी रहेको बताए। उनले भने, ‘मलाई सम्झौताको अवधारणाबारे बताइएको छ। उनीहरूले मलाई अहिले विस्तृत विवरण दिँदैछन्।’
इरानको प्रस्तावमा के छ?
इरानी समाचार एजेन्सी तस्निमका अनुसार इरानले अमेरिकालाई बुझाएको १४ बुँदे प्रस्तावमा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्य गर्ने व्यापक खाका समावेश छ। यसअघि अमेरिकाले पठाएको ९ बुँदे प्रस्तावमा दुई महिनाको युद्धविरामको समयसीमा राखिएको थियो, जसलाई इरानले अस्वीकार गरिदिएको थियो। इरानले ३० दिनभित्रै युद्धको स्थायी समाधान हुनुपर्ने अडान राखेको छ।
इरानमाथि भविष्यमा हुने कुनै पनि सैन्य आक्रमण रोक्न ठोस सुरक्षा प्रत्याभूति, इरानको आसपासको क्षेत्रबाट अमेरिकी सेना पूर्ण रूपमा हट्नुपर्ने, इरानमाथि लगाइएका सबै अमेरिकी र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पूर्ण रूपमा हटाउनुपर्ने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता गरिनुपर्ने र प्रतिबन्धका कारण भएको आर्थिक क्षतिको क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग इरानले राखेको छ।
त्यसैगरी, विश्वको महत्त्वपूर्ण तेल पारवहन विन्दु हर्मुज जलडमरूमा स्थायित्व र निर्वाध आवागमनका लागि नयाँ व्यवस्थापन संयन्त्र स्थापना गर्नुपर्ने माग समेत इरानले राखेको छ।
इरानको यो प्रस्ताव क्षेत्रीय तनाव कम गर्ने र लेबनान लगायतका क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले आएको बताइएको छ। हाल अमेरिकाले यस प्रस्तावको औपचारिक जवाफ दिएको छैन र राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणीले सम्झौता सहज नहुने संकेत गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया