बिएल संवाददाता
केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएसँगै कर्मचारी ट्रेड युनियनको व्यवस्था हटेको छ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सो अध्यादेशमा सरकारले ट्रेड युनियन हटाउने व्यवस्था राखेको थियो।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्मचारी ट्रेड युनियन हटाउने विषय आफ्नो सय बुँदे कार्यसूचीमै समावेश गरेको थियो। सोही अनुसार, सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्दै ट्रेड युनियन खारेज गर्ने व्यवस्था गरेको हो।
संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनको व्यवस्था समावेश नहुने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयारी गरिरहेको थियो। विधेयकको मस्यौदामा राय/सुझाव मागिरहेको समयमा अध्यादेश जारी भएको छ।
दलीय र आधिकारिक ट्रेड युनियनको व्यवस्था हटाएर कर्मचारीको गुनासो सुन्ने व्यवस्था समावेश गरिएको बताइएको छ।
संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनको व्यवस्था समावेश नहुने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयारी गरिरहेको समयमा अध्यादेश जारी भएको हो।
मन्त्रालयले निजामती सेवालाई प्रभावकारी बनाउन र कर्मचारीलाई दलीय प्रभावबाट मुक्त गराउन ट्रेड युनियनको व्यवस्था हटाउनु परेको दाबी गरेको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया