बिएल संवाददाता
सम्पत्ति शुद्धीकरण विभागले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई पक्राउ गरेर अनुसन्धान गर्नेबारे कानुनी परामर्श गर्दै छ।
विभाग स्रोतका अुनसार बानियाँको घर र कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएपछि उनलाई पक्राउ गरेरै अनुसन्धान गर्नेबारे कानुनी परामर्शसमेत भइरहेको छ।
‘कागजपत्र नियन्त्रणमा लिएका छौं। पक्राउ गरेरै अनुसन्धान गर्नुपर्ने हुनसक्छ। कानुनी परामर्शमै छौं,’ विभाग स्रोतले भन्यो।
केही समयअघिसम्म ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले छापा मारेको हो।
हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस), त्यहीँ रहेको उनको घरमा छापा मारेर कागजपत्र लिएर गएको छ। त्यस्तै काठमाडौंको नक्साल र सुन्धारामा पनि विभागले छापा मारेको छ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए।
अहिले पनि विभिन्न व्यवसायीक कम्पनीहरूमा उनको लगानी रहेको विभागले बताएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया