बिएल संवाददाता
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने तयारी गरेका छन्।
स्रोतका अनुसार सभामुख अर्यालले राईलाई स्पष्टीकरण सोधेका छन्। राईले सोमबार नै सभामुखलाई स्पष्टीकरण बुझाइसकेका छन्।
सचिव राईलाई हटाएपछि उनको ठाउँमा नयाँ नियुक्तिका लागि सिफारिस गर्न बाटो खुल्नेछ।
संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।
लामो समय शिक्षण पेसामा आबद्ध झापाको शिवसताक्षी नगरपालिका–२ का राई एमाले कार्यकर्ता हुन्। उनलाई निवर्तमान सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए। प्रतिनिधि सभाको निर्वाचनपछि घिमिरेको कार्यकाल सकिएकोले उनले नियुक्त गरेका राईलाई सभामुख अर्यालले पदमुक्त गर्न लागेका हुन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया