बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि ठूलो प्रपञ्च रचेको आरोप लगाएका छन्।
बुधबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीश बनाउने जालझेल गरिरहेको भन्दै आपत्ति जनाएका हुन्।
उनले भने, ‘भोलि ५ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको छ। प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने विषयमा रास्वपाले एउटा सोच बनाएको छ। त्यो प्रधानन्यायाधीश बनाउने पात्र प्रस्तुत गर्छु। सँगै तर्क प्रस्तुत गर्छु र यसको आधारमा संवैधानिक परिषद्बाट निर्णय गराउँछु भनेर होइन, प्रस्ताव गरेको पात्र पारित गराउँछु भनेर। कस्तो जालझेल गरिएको छ भने, प्रधानमन्त्री, सभामुख र कानुनमन्त्रीले पारित गरेको कुरा बहुमत हुन्छ भनेर आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधान्यायाधीश बनाउने। यो कुरा सोचेर यसरी संवैधानिक परिषद् आफ्नो नियन्त्रण राख्नको लागि यस्तो ठूलो प्रपञ्च रचिसकेको छ।’
उनले विगतमा प्रधानमन्त्रीले आफ्नो मान्छेलाई ल्याउन खोज्दा आफूहरूले रोकेको भन्दै अहिले अध्यादेश नै ल्याएको कारण रोक्न नसकेको बताए। यसमा कांग्रेसको आपत्ति र प्रश्न दुवै रहेको उनले बताए।
‘उनले पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौं तर अहिले सकेनौं किनकी त्यो अध्यादेश बनेर गयो। यो भन्दा अगाडि आफ्नो मान्छेलाई ल्याउन प्रधानमन्त्रीले जालझेल गर्नुभयो। अहिलेको प्रधानमन्त्रीले पनि त्यही गर्नुभयो। यो आपत्तिजनक छ। नेपाली कांग्रेसको प्रश्न छ,’ उनले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया