बिएल संवाददाता
रास्वपा सांसद एवं पूर्व जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै पनि गल्ती नगरेको र अलिकति पनि डर नभएको दाबी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन्।
सञ्चारमन्त्री हुँदा उनले स्मार्ट टेलिकमको अर्बौं रकम रकम हिनामिना गरेको भन्दै समाचारहरू प्रकाशित भएको थियो।
‘गल्ती गरेको छैन। त्यसैले अलिकति पनि डर छैन। सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ। मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ,’ सांसद खरेलले भनेका छन्।
उनले आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार भएको भन्दै चरित्र र राजनीतिक भविष्यमाथि प्रहार नगर्न आग्रह गरेका छन्।
आफूले कानुनी उपचार खोज्ने पनि उनले चेतावनी दिएका छन्।
सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री रहेका पूर्व सञ्चारकर्मी खरेल हाल रास्वपाका सांसद छन्। उनी ललितपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।
खरेलको स्टाटस–
प्रिय शुभचिन्तकहरू,
अहिले म माथि मिडिया ट्रायल भएको छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ। कृपया भ्रममा नपर्नु होला। अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु। गल्ती गरेको छैन। त्यसैले अलिकति पनि डर छैन। सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ। मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ। यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ। बाँकी कानूनी उपचार खोज्ने छु...।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया