बिएल संवाददाता
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधान न्यायाधीश नियुक्तिको स्थापित परम्परा तलमाथि नगर्न प्रधानमन्त्री बालेन्द्र शाह ध्यानाकर्षण गराएका छन्।
संवैधानिक परिषद् बैठक बस्नु केही समयअघि खड्काले सामाजिक सञ्जालमार्फत खड्काले झन्डै चार दशक लामो प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई संवैधानिक परिषद्ले तलमाथि नगर्न चेतावनी दिएका हुन्।
‘संवैधानिक परिषद्का अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा परिषद्को बैठक आज बस्दै छ। जानकारीमा आएअनुसार सर्वाेच्च अदालतको प्रधानन्यायाधीशको नियुक्ति आज गरिँदै छ। करिब चार दशकदेखिको प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि नगरोस,’ खड्काले चेतावनी दिएका छन्।
प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि गरे न्यायालयमा डरलाग्दो अस्थिरता आउने र स्थापित लाेकतान्त्रिक प्रणालीमा बहुआयामिक प्रभाव पार्ने खतरा उत्पन्न हुन सक्ने उनको चेतावनी छ।
खड्काले भनेका छन्, ‘नभए धेरै ठुलाे असुरक्षा र अनिश्चितताले न्यायालयमा डरलाग्दाे अस्थिरता आउने छ, जसले हाम्राे स्थापित लाेकतान्त्रिक प्रणालीमा बहुआयामिक प्रभाव पार्ने खतरा उत्पन्न हुन सक्नेछ? त्यसैले सर्वसम्मतिले निर्णय गरियाेस्। विशेष गरि परिषदका अध्यक्षजीकाे गम्भीर ध्यानाकर्षण।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया