बिएल संवाददाता
व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले ‘घण्टीमा भोट हालें’ भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगिसकेको टिप्पणी गरेका छन्।
भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलन गरेका उनले केपी ओलीले जस्तै बालेनले पनि शक्ति आफ्नो हातमा ल्याइरहेको दाबी गर्दै शक्ति भनेकै जनता हो भन्ने नभुल्न चेतावनी दिए।
प्रसाईंले सुकुम्वासी बस्तीमा डोजर लगाएकोप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोग गरेर फाँसीवादी शैलीमा शासन चलाउने प्रयास गरिरहेको बताए।
उनले भने, ‘तपाईँलाई यी गरिबको आँसु लाग्छ, वृद्धा अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए जो लघुवित्त र सहकारीबाट पीडित भएका थिए। जीवनभरिको कमाइले घर बनाएका थिए उनीहरूले। कसैले मकै बेचेर, कसैले गिट्टी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ्ग लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए तर ती सबै घर भत्किए। घरमात्रै भत्किएन गरिबका सपना पनि भत्किए।’
चुनावअघि नै दललाई एक ठाउँमा राखेर चुनावमा नजान आफूले सुझाव दिएको सम्झिँदै बालेनलाई प्रधानमन्त्री बनाएर गरिब लखेट्ने योजना बनाइएको उतिखेरै थाहा पाएको दाबी गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया