बिएल संवाददाता
उपसभामुख रुबिना ठाकुरले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको सिफारिसमाथि प्रश्न उठेपछि स्पष्टीकरण दिएकी छन्।
चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषयमा उनलाई सांसद बनाउने पार्टीकै अध्यक्षले सार्वजनिक आलोचना गरेपछि ठाकुरले सामाजिक सञ्जालमार्फत संवैधानिक परिषद्को निर्णयको बचाउ गरेकी हुन्।
ठाकुरले मनोज शर्माको सिफारिस कार्यक्षमता र योग्यताको आधारमा गरिएको दाबी गरेकी छन्। उनले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहँदै आएको उल्लेख गर्दै ‘जब नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको आधारमा हुन्छ, त्यसको परिणाम पनि त्यस्तै देखिन थाल्छ’ भनेकी छन्।
उपसभामुखले प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको दाबी गर्दै यसमा कुनै ‘किन्तु–परन्तु’को आवश्यकता नरहेको स्पष्ट पारिन्।
राज्यका हरेक अंग देश, जनता र राज्यको हितका लागि हुनुपर्ने भन्दै उनले यहाँ कसैको आदेश–उपदेशभन्दा पनि संविधान, कानुन र जनहित सर्वोपरि हुन आवश्यक रहेको बताइन्।
च्याट जीपीटीको जवाफ सार्वजनिक गर्दै उपसभामुखले प्रधान न्यायाधीशमा सिफारिसका हुनका लागि न्याय परिषद्बाट संवैधानिक परिषद्मा सिफारिस भएका न्यायाधीशहरूको राजनीतिक दलहरूसँग निकटताबारे पनि खुलाएकी छन्।
उनले सार्वजनिक गरेको च्याटजीपीटीको स्क्रिनसट अनुसार कुन न्यायाधीश कुन दलनिकट? यस्तो छ विवरण–
सपना प्रधान मल्ल– पूर्व संविधानसभा सदस्य भएकाले प्रायः नेकपा एमाले निकट मानिन्छन्।
कुमार रेग्मी– सार्वजनिक चर्चामा नेपाली कांग्रेस निकट भनिन्छ। केहीले एमाले नेतासँग पनि निकट सम्बन्ध रहेको उल्लेख गर्छन्।
हरि प्रसाद फुयाँल– पूर्व महान्यायाधिवक्ता भएकाले नेकपा एमाले निकट मानिने चर्चा छ।
मनोजकुमार शर्मा– स्पष्ट रूपमा कुनै दलसँग जोडिएको सार्वजनिक विवरण धेरै देखिँदैन।
नहकुल सुवेदी– सार्वजनिक रूपमा कुनै दलसँग स्पष्ट निकटता खुलेर आएको छैन।
तिलप्रसाद श्रेष्ठ– सार्वजनिक रूपमा दलगत निकटताको स्पष्ट विवरण छैन।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया