बिएल संवाददाता
वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याण श्रेष्ठलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
प्रधान न्यायाधीश रहेका बेला सर्दु जलाधारको सरकारी जग्गा भू–माफियाहरूको बनाउन सघाएर भ्रष्टाचार गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न वरिष्ठ अधिवक्ता श्रेष्ठले माग गरेका हुन्।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ समेतले मोरङको वयरवनमा झण्डै ५००० रोपनी जग्गासँग सट्टापट्टा गरी कानून वमोजिम अधिग्रहण गरेको सर्दु जलाधारको सरकारी जग्गा भू-माफियाहरूको बनाउने फैसला गरेको उनले उल्लेख गरेका छन्।
सो फैसलाविरुद्ध पुनरावलोकनको अनुमति नदिएर कल्याणको फैसला सदर गर्ने सुशीला कार्कीको आदेशलाई न्यायाधीश सारंगा सुवेदीसमेतको पूर्ण इजलाशले गलत ठहर गर्दै जग्गा सरकारको हुने फैसला गरेपछि कार्की र श्रेष्ठले राज्य दोहन गरेर भ्रष्टाचार गरेको ठहर भएको उनको दाबी छ।
कार्की र श्रेष्ठ समेतलाई भ्रष्टाचार मुद्धा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठलगायतले जेनजी आन्दोलन अघि नै अख्तियारमा उजुरी दिएका थिए।
अधिवक्ता श्रेष्ठले भनेका छन्, ‘आम नेपालीहरूले यस्ता देश दोहन गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्छ र बालेन सरकारले शेरबहादुर दम्पती जस्तो गरी भाग्न नदिन यिनीहरूलाई अविलम्व पक्राउ गरी भ्रष्टाचार मुद्दा चलाउनु पर्छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया