बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिसमा भएको टिकाटिप्पणीबारे जवाफ दिएका हुन्।
‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो। कसरी ६/६ जना सिफारिस गरियो? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि? संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन।’
कानुन दिवसको अवसरमा शनिबार राजनीतिक टिप्पणी गरेकी कामु प्रधान न्यायाधीश मल्लले सरकार निरंकुश बन्ने संकेत गरेको, अदालतलाई आफू अनुकुल चलाउन खोजेको आशंका गर्दै न्यायाधीशहरूलाई दुई तिहाइको सरकार र महाभियोगको डरमा नपर्न उर्दी गरेकी थिइन्।
प्रधान न्यायाधीशमा परम्परा भत्काउँदै संवैधानिक परिषद्ले पहिलो वरियताकी प्रधानसहित ३ जना न्यायाधीशलाई बाइपास गर्दै चौथो वरियताका मनोजकुमार शर्मालाई सिफारिस गरेपछि यतिबेला राजनीतिक र न्याय क्षेत्र तरंगित छ।
रवि लामिछानलेले भने परम्परा नभत्काइएको भए आज पनि भागबण्डाको छलफल चलिरहेको हुने दाबी गरेका छन्।
उनले भने, ‘त्यसरी आएकाहरू नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नु भयो। परम्परा भत्काइयो भनिएको छ। यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो।’
उनले यस विषयमा आफूमाथि रिस पोख्नेहरूलाई जवाफ दिँदै आफ्नो गर्धन त्यही रहेको भन्दै हतियार चलाउन चुनौति दिए।
‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ। चलाइदिनुस् हतियार,’ उनले भने, ‘अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस्। आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ। कागजमा बन्दी न्याय नहोस्।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया