बिएल संवाददाता
जेनजी अभियन्ता रक्षा बमले रास्वपा सभापतिको अभिव्यक्ति हिंसात्मक भएको टिप्पणी गरेकी छन्।
आइतबार रास्वपा सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफ्नो गर्धनमा हतियार चलाउन चुनौती दिएका थिए।
पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रविले भनेका थिए, ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ। चलाइदिनुस् हतियार,’ उनले भने, ‘अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस्। आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ। कागजमा बन्दी न्याय नहोस्।’
रविको उक्त अभिव्यक्ति हिंसात्मक रहेको भन्दै बमले यस्ता अभिव्यक्तिलाई सामान्य मान्न नमिल्ने बताइन्।
‘यति सजिलै कुनै हतियार कुनै मान्छेको गर्दनसम्म पुग्छ? र यो अभिव्यक्ति हामीले सामान्य मान्दिनु पर्ने? यस्ता अराजक अभिव्यक्तिलाई सामान्यीकरण गर्नु हुदैन सभापति ज्यू।’
उनले लामिछानेलाई हिंसाको नभइ विचारको राजनीति गर्न सुझावसमेत दिइन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया