बिएल संवाददाता
पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी अध्यक्ष केपी ओलीलाई भेट्न गुण्डु पुगेकी छन्।
आइतबार स्वास्थ्य अवस्था बुझ्ने बहानामा गुण्डु पुगेकी भण्डारी र ओलीबीच लामो राजनीतिक संवाद भएको बुझिएको छ। भण्डारीले एमालेको वर्तमान आन्तरिक संकट र सांगठनिक अलमलका विषयमा करिब दुई घण्टा छलफल गरेकी छन्।
भण्डारी निकट स्रोतका अनुसार, उनले अध्यक्ष ओलीलाई तत्काल निर्वाचन समीक्षा बैठक बोलाउन र कार्यकर्तामा बढ्दै गएको निराशा सम्बोधन गर्न सुझाव दिएकी छन्।
प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि तल्लो तहका कार्यकर्तादेखि पदाधिकारीसम्मले समीक्षा बैठकको माग गरिरहेको सन्दर्भमा भण्डारीले नेतृत्व छोड्न आवाज उठिरहेको पनि सम्झाइन्।
‘पार्टीभित्र तपाईंले नेतृत्व छोड्नुपर्छ भन्ने आवाज पनि उठिरहेको सुनिन्छ। त्यो आफ्नो ठाउँमा छ, तर निर्वाचनको समीक्षा जतिसक्दो छिटो गरेन भने असन्तुष्टि झन् बढ्न सक्छ, बैठक बोलाउन ढिलाइ नगर्नुस्,’ भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
२१ फागुनको निर्वाचन यता पूर्वराष्ट्रपति भण्डारीले ओलीसँग गरेको यो लगातार चौथो भेट हो।
जवाफमा अध्यक्ष ओलीले भने उपयुक्त समय र सन्दर्भ नमिलेका कारण बैठक बस्न ढिलाइ भइरहेको पुरानै तर्क दोहोर्याएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया