बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
पूर्व पदाधिकारीसमेत रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवसहित नेताहरूलाई कांग्रेस केन्द्रीय समितिमा मनोनीत भएका हुन।
परियार नेता डा. शेखर कोइराला निकट मानिन्छन् भने पूर्व सहमहामन्त्री यादव पूर्वसभापति देउवा पक्षधर हुन्।
सभापति थापाले पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको केन्द्रीय कार्यालयले जनाएको छ।
विशेष महाधिवेशनपछि सभापति थापाले पहिलोपटक केन्द्रीय समिति विस्तार गरेका हुन्।
गत पुसमा १३३ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन भएको थियो।
को को भए मनोनीत?
१. महेन्द्र यादव— धनुषा
२. जीवन परियार— कास्की
३. उमेश श्रेष्ठ— चितवन
४. रमेश रिजाल— पर्सा
५. सुजाता कोइराला— मोरङ
६. दिलेन्द्रप्रसाद बडू— दार्चुला
७. चन्द्रकान्त भण्डारी— गुल्मी
८. अजयकुमार चौरसिया— पर्सा
९. लक्ष्मी परियार— उदयपुर
१०. आङ्गेलु शेर्पा— सोलुखुम्बु
११. दिनेशकुमार यादव— सप्तरी
१२. राजीव कोइराला— सुनसरी
१३. राजीव ढुंगाना— सुनसरी
१४. प्रा.डा. गोविन्दराज पोखरेल— प्यूठान
१५. सुशीला मिश्र भट्ट— कैलाली
१६. नागिना यादव— महोत्तरी
१७. दिनेश कोइराला— चितवन
१८. डा. जीवन राना— कैलाली
१९. श्री सीता थपलिया (उर्मिला)— धादिङ
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया