बिएल संवाददाता
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वगृहमन्त्री सुदन गुरुङलाई ज्यान मार्ने धम्की दिएका २० वर्षीय युवक अदालतबाट दोषी ठहरिएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको इजलासले ‘सानु भाइ’ भनिने साजन बिष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ विरुद्धको कसुरमा बुधबार दोषी ठहर गरेको हो।
सरकारी वकिल कार्यालयले बिष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको थियो। यस दफाअनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार अदालतबाट कसुरदार ठहरिएका उनलाई सजाय निर्धारणका लागि छुट्टै पेशी तोकी आवश्यक सजाय ठहर गरिने छ। यो प्रक्रिया कसुरदार ठहरिएको ३० दिनभित्र सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ।
बिष्टले ‘सानु भाइ’ नामक फेसबुक एकाउन्टबाट ‘एके-४७’ जस्ता अत्याधुनिक हतियारको तस्बिर राखेर आपत्तिजनक स्टाटस लेखेका थिए।
उनले केपी शर्मा ओली, रमेश लेखक र दीपक खड्कालाई तत्काल रिहा गर्न माग गर्दै अन्यथा देश अर्को युद्धमा जाने चेतावनी समेत दिएका थिए।
उनले पोस्टमा लेखेका थिए, ‘AK-47 लिएर ठुला ठुला हतियार हरु भोली काठमाडौं पुग्छन दाई यता बाट हिड्यो सामान है आज। र पूर्व प्रधानमन्त्री केपी ओली पूर्व गृहमन्त्री रमेश लेखक पूर्वमन्त्री दिपक खड्कालाई तुरुन्त रिहा गर नालायक सरकार। होइन भने देश अर्को युद्ध मा जाने १००% देखेको छु सुधन, बालेन ट्यापेलाई गोली हान्न मेरो टिम बाध्य हुनेछ।’
यसरी सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध कार्य गरेको, समाजमा द्वेष तथा घृणा फैलाउन खोजेको र बहालवाला प्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीको मानमर्दन गर्दै ज्यान मार्ने धम्की दिएको अभियोग उनीमाथि छ।
धम्कीपूर्ण पोस्ट सार्वजनिक भएपछि गत वैशाख ६ गते काठमाडौंको सिनामङ्गलबाट शंकास्पद अवस्थामा पक्राउ गरेको साइबर ब्युरोको टोलीले उनको शरीर खानतलासी गर्दा धम्कीपूर्ण स्टाटस लेखिएको फेसबुक एकाउन्ट लग-इन भएकै मोबाइल फोन प्रहरीले बरामद गरेको थियो।
प्रहरी र सरकारी वकिलसमक्ष दिएको साविती बयानमा बिष्टले आफूले नै उक्त पोस्ट गरेको स्वीकार गर्दै जेन-जी आन्दोलनमा भीड उकासेको र अराजकता फैलाएको भन्दै बालेन-सुधनको कार्यशैलीप्रति आफू रुष्ट रहेको, सोही आक्रोशमा मादक पदार्थ सेवन गरेको बेला आफूले उक्त धम्कीपूर्ण स्टाटस लेखेको उल्लेख गरेका छन्।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया