बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका छन्।
बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका हुन्।
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन शाहबाट निमित्त उपकुलपतिको जिम्मेवारी पाएका बज्राचार्यले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकेका हुन्।
सरकारले अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त गरेपछि विश्वविद्यालयहरू पदाधिकारी विहिन बनेका थिए।
त्रिविका तत्कालिन उपकुलपति प्राडा. दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले भने अध्यादेशको चर्चाकै बीच राजीनामा दिएका थिए।
नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया सुरु भइसकेको छ। सिफारिस समितिले उपकुलपतिका लागि आवेदन माग गरिसकेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया