बिएल संवाददाता
नेकपा एमालेले आफैंले सदस्यता खोसेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेको छ।
३३औं मदन–आश्रित स्मृति सभामा पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले प्रमुख अतिथि बनाएको हो।
पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा एमालेले सभा आयोजना गरेको थियो। पार्टी सदस्यता नवीकरण रोकिएपछि एमालेको औपचारिक कार्यक्रममा भण्डारीलाई बक्ता बनाएको यो पहिलो कार्यक्रम हो।
प्रमुख अतिथि भण्डारीले तत्कालीन महासचिव भण्डारी र संगठन विभागका जीवराज आश्रितको सम्झनामा गर्दै एमालेले गर्नुपर्ने कामहरूको फेहरिस्त प्रस्तुत गरिन्। उनले एमाले नेता कार्यकर्तालाई विभिन्न निर्देशन नै दिइन्।
‘नेकपा एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। अब पार्टीले जनविश्वासलाई सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्दछ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्छ। जनताको दुःख सुखमा सहभागी हुनुपर्छ। र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्छ।’
कुनै बेला भण्डारीलाई पार्टीमा फर्किन रोक्ने अध्यक्ष केपी ओलीको निर्णयलाई साथ दिएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेलले नै यतिबेला भण्डारीलाई प्रमुख अतिथि बनाएर स्मृति दिवस मनाएका छन्।
यद्यपि पार्टी सदस्यता नवीकरणमा रोक्ने एमालेको निर्णय परिवर्तन भइसकेको छैन।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया