बिएल संवाददाता
संयुक्त अरब इमिरेट्स (यूएई)को एक आणविक उर्जा केन्द्रमा ड्रोन आक्रमण भएको छ।
अबु धाबीको अमीरातमा आइतबार अल धाफ्रा क्षेत्रको बाराकाह आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी भएको अधिकारीहरूले बताएका छन्।
यूएईको मिडिया कार्यालयले सामाजिक सञ्जालमा आणविक ऊर्जा संयन्त्रमा ड्रोन आक्रमणका कारण विद्युतगृहमा आगलागी भएको जनाएको छ।
‘आक्रमणबाट कुनै चोटपटक रिपोर्ट गरिएको छैन र रेडियोधर्मी विकिरणजन्य सुरक्षा स्तरमा कुनै असर परेको छैन,’ कार्यालयले जनाएको छ।
आक्रमण कसले गरेको भन्ने पुष्टि भइसकेको छैन। ड्रोनहरू पश्चिमी बोर्डरबाट प्रहार भएका थिए। ३ मध्ये दुई ड्रोन खसालेको तर, एक ड्रोन आणविक केन्द्रमा खसेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया