बिएल संवाददाता
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले आजै दर्ता गर्न आदेश दिएको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माविरुद्धको रिट प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ।
सर्वोच्च अदालत प्रशासनले यसअघि रिट परपिठ गर्ने निर्णयविरुद्ध परेको अर्को निवेदन पनि दर्ता गर्न आनाकानी गरेपछि कामु प्रधानन्यायाधीश मल्लले आज आफ्नो विशेष अधिकार प्रयोग गर्दै दर्ता गर्न आदेश दिएकी थिइन्।
संविधानको धारा १३६ ले प्रधानन्यायाधीशलाई न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारी दिएको आदेशमा उल्लेख गर्दै उनले आफ्नो विशेष अधिकार प्रयोग गरी उक्त आदेश जारी गरेकी हुन्।
कामु प्रधानन्यायाधीश मल्लले दिउँसो १ बजेभित्र दर्ता गरेर मंगलबारका लागि पेसी तोक्न आदेश गरेकी थिइन्। तर, कार्यालय समय सकिँदासम्म अदालत प्रशासनले रिट निवेदन दर्ता गरेको छैन।
रिट निवेदन दिनेलगायत अधिवक्ताहरूसँग सपनाले छलफल गरेकी थिइन्। उनीहरूको गुनासो सुनुवाइ गर्दै सपनाले तत्काल रिट दर्ता गर्न आदेश दिएकी थिइन्। उनले मूख्य रजिष्ट्रार र रजिष्ट्रारले प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको आदेशमा रिट दर्ता नगरेको आदेशमा उल्लेख गरेकी छन्।
संवैधानिक परिषद्ले एकनम्बर बरियताकी सपनालाई बाइपास गर्दै चार नम्बरका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि अदालत दुई गुटमा विभाजित भएकोछ।
शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भइसकेको छ। भोलि बिहान शर्मामाथि परेको उजुरी खोल्ने संसदीय सुनुवाइ समितिले तयारी गरेको छ। समितिबाट सुनुवाइ सकिएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया