बिएल संवाददाता
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको सुनुवाइ प्रक्रिया अगाडि बढाउन बैठक बोलाएको छ।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशका सिफारिस शर्माविरुद्ध उजुरी दिने समय सकिएकोले प्रक्रिया अघि बढाउन बैठक बोलाइएको छ।
मंगलबार बिहान पौने १० बजे बैठक राखिएको समिति सचिवालयले जानकारी दियो।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरी खोल्ने कार्यसूची तय भएको छ। शर्माविरुद्ध १० दिन उजुरी गर्ने समयसीमा दिइएकोमा सोमबार कार्यालय समय सकिँदासम्म जम्मा १६ वटा उजुरी परेका छन्।
उजुरीकर्तालाई संसदीय समितिले बैठकमा बोलाएर छलफल गरेपछि प्रस्तावित प्रधानन्यायाधीशसँग सुनुवाइ गर्नेछ। सुनुवाइ समितिको बहुमतले शर्माको नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।
समितिबाट नाम अस्वीकार गर्न दुई तिहाइ मत आवश्यक पर्ने हुँदा शर्माको नाम अस्वीकृत हुने सम्भावना कम छ। समितिमा सत्तारुढ दल रास्वपाको बहुमत रहेकोले शर्मा प्रधानन्यायाधीश नियुक्त हुने लगभग निश्चित नै छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया