बिएल संवाददाता
नेपाल बार एसोसिएसनले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लबारे रास्वपा सांसदद्वय समीक्षा बास्कोटा र यणमणि न्यौपानेको संसदमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेको छ।
सोमबार दिउँसो बसेको बारको आकस्मिक बैठकले सांसदद्वय बास्कोटा र न्यौपानेको अभिव्यक्ति हटाउन माग गर्ने निर्णय गरेको महासचिव केदारप्रसाद कोइरालाले बताए।
अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न बन्देज गर्ने प्रावधान संविधानको धारा १०५ मा लेखिएको विषयलाई नजरअन्दाज गरी खुलेआम आजको संसदको बैठकमा छलफल गरिएको विषय अत्यन्त दु:खद् रहेको बारले विज्ञप्तिमार्फत जनाएको छ।
भनिएको छ, ‘आवेश प्रेरित एवम् दम्भमा आधारित उन्मादी अभिव्यक्तिको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसियसन स्पष्ट छ। यस्ता मन्तव्यहरू संसदीय अभिलेखबाट हटाउन एवम् पुन: यस्ता घटनाहरु दोहोरिन नदिन स्पष्ट आदेश हुन सम्माननीय सभामुखज्यूसमक्ष नेपाल बार एसोसिएसन अनुरोध गर्दछ।’
सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसदद्धय बास्कोटा र न्यौपानेले न्यायाधीशको गतिविधिलाई लिएर कडा आलोचना गरेका थिए।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार संवैधानिक परिषद्को निर्णयविरुद्ध रिटलाई दर्ता गर्न आदेश दिएकी थिइन्।
उक्त आदेशको विरोधमा रास्वपा सांसदहरू बाँस्कोटा र न्यौपानेले प्रतिनिधिसभा बैठकमै आपत्ति जनाएका हुन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया