बिएल संवाददाता
अस्पतालमा प्रहरी हिरासत बिताएर फर्किएका एमाले अध्यक्ष केपी ओलीले फेरि पुरानै रवैया देखाउन थालेपछि पदाधिकारीहरू आश्चार्यमा परेका छन्।
प्रहरी हिरासत र पत्थरीको शल्यक्रियापछि घरमै स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष ओलीले सोमबार बोलाएको सचिवालय बैठकपछि उनको हर्कत देखेर नेताहरूले समूहगत दिक्दारी प्रकट गर्न थालेका हुन्।
हिजोको सचिवालय बैठकमा ओलीको लामो र पट्यारलाग्दो भाषण, त्यहाँ देखाएको हर्कतले नेताहरू थप सशंकित बनेका छन्।
सबैतिरबाट एक्लिइसक्दा, चुनावमा शर्मनाक हार व्यहोर्दा, बालुवाटारबाट अपमानित हुँदै हेलिकप्टर चढेर भाग्नुपर्दा पनि अध्यक्षको दम्भ जस्ताको त्यस्तै रहेको भन्दै एक पदाधिकारीले आश्चार्य व्यक्त गरे।
कतिसम्म भने ओलीले ‘आफू अस्वस्थ हुँदा स्वास्थ्य लाभको कामनासमेत नगर्ने, पार्टीमा सबै मिलेर आफूमाथि हमला गर्ने, पार्टीमाथि हमला हुँदा चुइक्क नबोल्ने र विपक्षीको जालझेल नबुझी बाहिर गएर पार्टी हित र नेतृत्वविरुद्ध अनेकौं टिकाटिप्पणी गर्नेहरू आफ्नो नोटिसमा रहेको र कारबाहीको डण्डा चलाउनेसम्मका धम्कीहरू दिएका’ ती पदाधिकारीले बताए।
सोमबारको बैठकको दृश्य रोचक थियो। ओलीको पट्यारलाग्दो लम्बेतान प्रवचनले नेताहरू हाइ काढिरहेका थिए। कोही फोन चलाउँदै समय कटाइरहेका थिए त कोही चस्मा पुछ्दै टोलाइरहेका थिए।
यता ओलीको चेतावनीपछि भने नेताहरूले मुखामुख सुरु गरे। कसैले प्रतिउत्तर फर्काउन सकेनन्। सबै नेताहरू घोसेमुन्टो लगाएर बसिरहँदा ओलीको आँखामा आँखा जुधाएर हेरिरहने एकमात्र पदाधिकारी थिए उपमहासचिव योगेश भट्टराई।
ओलीको चेतावनी ध्यानपूर्वक सुनिरहेका उनी व्यंग्यात्मक शैलीमा मुस्कुराइरहेका देखिन्थे। ओलीका अहंकारपूर्ण अभिव्यक्तिहरूलाई मजाकको रुपमा उडाइरहेका थिए।
नेताहरू फेरि आश्चार्यमा परे जब अध्यक्ष ओलीले आफैंले ‘कू’ गरेर निषेध गरेकी पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय सुनाए।
‘प्रवचन र नेताहरूलाई चेतावनी दिएर सकेपछि उहाँले ‘ल अब मिलेर जानुपर्छ गुटबन्दी गर्नुहुन्न, केही नमिलेका कुराहरू थिए। अब मिल्यो। उहाँ (विद्या)लाई सदस्यता दिने बेला भयो’ भन्नुभो। त्यसपछि अघि शिर निहुँराएर बस्नुभएका कमरेडहरू एकाएक जागा हुनुभो,’ ती नेताले सचिवालय बैठकको माहोल सुनाउँदै भने।
ओलीले विद्यालाई पार्टीमा भित्र्याउँने निर्णय सुनाएपछि नेताहरूले परर… ताली पिटे। अब पार्टीको कुराकानी सकिएपछि ओली प्रधानमन्त्री बालेन्द्र शाहमाथि खनिन सुरु गरे।
यत्तिकैमा नेता योगेश भट्टराईले ओलीलाई रोक्दै भने, ‘अध्यक्ष ज्यू अब रोकिनुस्। अब तपाईंले न त हार्ने नै ठाउँ छ न जित्न नै बाँकी। पार्टी नै हारिसक्यो। अब बाहिरको कुरा गरेर केही हुँदैन। भित्रको कुरा गरौं। हुन त हाम्रो पनि कमिकमजोरी थियो। सबैले म म भनौं।’
योगेशको कुरामा नेताहरूले मौन समर्थन जनाए। ओली फेरि बोल्न सुरु गरिहाले। सचिवालयमा सदस्यहरूले अध्यक्षको भनाइलाई गम्भीर रुपमा लिन सम्झाए।
ओलीको अझै प्रवचन सुन्नुपर्ने भएपछि नेताहरूले अब पालैपालो बोल्न थाले। यद्यपि बाहिर गरमागरम देखिने नेताहरू ओलीका सामू भने निम्छरो देखिए।
र, अन्तयमा नेपालको कम्युनिस्ट आन्दोलन, इतिहास, पार्टी र देशमाथि देखिएका समग्र चुनौतीहरूको समिक्षा गर्दै बैठक सकियो।
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया