बिएल संवाददाता
परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्।
जेठ १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने एक अन्तरसरकारी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री नयाँदिल्ली जान लागेका हुन्।
परराष्ट्रमन्त्री खनाल जेठ १९ र २० गतेसम्म चल्ने बाघ, चितुवा लगायतका वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय समूह ‘बिग क्याट अलायन्स’को सम्मेलनमा भाग लिन भारत जान लागेका हुन्। उनी जेठ २१ गते फर्कने छन्।
भारतीय प्रधानमन्त्री मोदीसँग सम्मेलन स्थलमै खनालको संक्षिप्त कुराकानी गर्ने प्रयास गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो।
परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी एस जयशंकर र वाणिज्यमन्त्री पियूष गोयलसँग ‘साइडलाइन’ वार्ता गर्ने तयारी भइरहेको र सोका लागि अनौपचारिक छलफल भइरहेको परराष्ट्र स्रोतले बतायो।
स्रोतका अनुसार छलफलका एजेन्डाको तयारी भइरहेको छ। परराष्ट्रमन्त्रीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिनेछन्। जयशंकर नेपाल आएपछि प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तय गर्ने तयारी छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया