बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा दुई गुटबीच भाँड्भैलो मच्चिएको छ।
संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि चर्किएको विवादले उग्र रुप लिँदा प्रधानमन्त्री बालेन्द्र शाह पक्षका प्रतिनिधि भसा सांसदहरू बैठकबाटै लखेटिएका सहभागीहरूले बताएका छन्।
शनिबार कलैयामा आयोजित बैठकमा बारा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दनकुमार सिंहलाई असन्तुष्ट पक्षले बैठकबाट लखेटेका हुन्।
पार्टी विवादमा संस्थापनलाई दबाबमा राख्न प्रहरी हस्तक्षेप गरिएको भन्दै असन्तुष्ट बनेका संस्थापनका कार्यकर्ताहरू अन्ततः आक्रमणमै उत्रिएका थिए। सांसदहरूलाई प्रहरीले सुरक्षा दिएर बाहिर निकाल्नु परेको थियो।
रास्वपाका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारलाई पार्टीले कारबाही गरेर सदस्यतासमेत खारेज गरिएपछि रास्वपा बारा जिल्लाभित्र विवाद चर्किएको छ।
विवादकै बीच बसेको पार्टीको बिस्तारित बैठकमा प्रधानमन्त्री पक्षका सांसदहरूले सभापति रवि लामिछाने समूहलाई पेल्न खोजेपछि अवस्था तनावपूर्ण बनेको एक नेताले बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया