बुधबार, २७ मे २०२६

कानुनमन्त्रीसँग इजरायली राजदूतको भेट

News Image
• • •

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्।

नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६६औं वर्षमा प्रवेश गर्दै गर्दा इजरायल सरकारले कानूनमन्त्रीमार्फत अन्य मन्त्रालयहरूसँग समेत सहकार्य गरी दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा सुदृढ गर्न कानूनी दस्तावेजहरू निर्माण गरी सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेको हो।

भेटका क्रममा कानुनमन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीनवटै तहका कानूनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य भइरहेको जानकारी दिइन्। 

एकीकृत कानूनी सहायता, पारस्परिक कानूनी सहायता, संक्रमणकालीन न्याय र संसदीय मामिलाका विषयमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तत्पर रहेको गौतमले छलफलका क्रममा उल्लेख गरिन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!