बिएल संवाददाता
कोशी प्रदेश सरकारले ८ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी अध्यादेशमार्फत ऐन संशोधन गरी नियुक्त गरेको छ।
सत्तारुढ दल एमाले र कांग्रेसबीच भागबण्डा मिलाउन अध्यादेशमार्फत ऐन संशोधन गरेर बोर्डका पदाधिकारी र सदस्य नियुक्त गरिएको हो।
बुधबार राति सामाजिक विकास मन्त्री रामप्रसाद महतोले बोर्डमा एक जना उपाध्यक्ष र सदस्यसहित सचिव एमालेबाट ५ सदस्य र कांग्रेसबाट उपाध्यक्षसहित ६ जनालाई नियुक्त गरेका छन्।
बोर्डको सदस्यसचिवमा एमाले कोटामा इनरुवाका विप्लव घोष र महिला उपाध्यक्षमा एमाले नेतृ विराटनगरकी सन्तोषी श्रेष्ठ नियुक्त भएकी छन्।
पुरुष उपाध्यक्ष कांग्रेस कोटाबाट वसन्त अर्याल नियुक्त भएका छन्।
बोर्डको सदस्यमा विराटनगरकी बीना बस्नेत, केशव भट्टराई र किशोरविक्रम साह, टीकाराम पुरी, दुर्गा कठायत र बालजित राई नियुक्त भएका छन्। पदाधिकारी तथा सदस्यहरूको कार्यकाल ४ वर्षको हुनेछ।
तत्कालीन सदस्यसचिव पर्शुराम बस्नेतको पदावधि सकिएपछि बोर्ड नेतृत्वविहीन थियो।
ऐनमा उपाध्यक्ष र सदस्यसचिवसहित सदस्यको संख्या १५ जना रहने व्यवस्था थियो। तर, दुई दलबीच भागबण्डाका लागि ३० वैशाखमा प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश–२०८१ मार्फत ऐन संशोधन गरी एक जना उपाध्यक्ष थपिएको थियो। र सदस्यको संख्या पनि २५ पुर्याइएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया